
काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका पसल २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । शुक्रबार कोषले सूचना जारी गरी निषेधित स्थानमा राखिएका संरचना हटाउन भनेको हो ।
गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना राखिएका पसल हटाउन २४ घण्टाको समय दिइएको छ ।
कोषले सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल हटाई लैजान सम्बन्धित सबैलाई अनुरोध गरेको छ । तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने समेत कोषले चेतावनी दिएको छ ।



















