काठमाडौं । एनआईएमबी एस क्यापिटलको महासचिवमा शिवान्त बहादुर पाँडे निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सम्पन्न संस्थाको १७औँ साधारणसभाबाट पाँडे महासचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै पाँडेलाई महासचिवको जिम्मेवारी दिएको हो ।
महासचिवमा निर्विरोध निर्वाचित भएपछि पाँडेले संस्थाको उद्देश्यअनुरूप जिम्मेवारी निर्वाह गर्ने अवसर पाएका छन् । निर्विरोध चयनले संस्थाभित्र उनको नेतृत्वप्रति रहेको सहमतिलाई समेत प्रतिबिम्बित गरेको छ । एनआईएमबी एस क्यापिटलले आफ्नो संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी दिनमा संस्थाको विकास र विस्तारमा जोड दिने अपेक्षा गरिएको छ ।
सन् २००७ मा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडमा व्यवस्थापन प्रशिक्षार्थीका रूपमा प्रवेश गरेका उनले क्रमशः आर्थिक अनुसन्धान तथा व्यवसाय विकास विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए ।
सन् २०१२ मा नेपाल इन्भेस्टमेन्ट बैंकले उनलाई आफ्नो सहायक कम्पनी निम्ब एस क्यापिटल (तत्कालीन एनआईबीएल क्यापिटल मार्केट्स) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको थियो ।
आर्थिक अनुसन्धान तथा वित्तीय विश्लेषण, मोबाइल बैंकिङ, साना तथा मझौला उद्यम वित्त, निजी इक्विटी तथा भेन्चर क्यापिटल उनका विशेषज्ञताका प्रमुख क्षेत्र हुन् ।


















