Logo
Logo

‘प्रहरी निरीक्षक हुँ’ भन्दै धम्की दिएर २ लाख रुपैयाँ मागेको आरोपमा ५ जना पक्राउ


0
Shares

काठमाडौं । आफूलाई प्रहरी निरीक्षक भएको बताउँदै मुद्दा मिलाइदिने नाममा २ लाख रुपैयाँ माग गर्ने र धम्की दिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार घटना गत मंसिर १० गते दिउँसो करिब २ बजेको हो । प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिलाई भेट्न उनका भाइ त्यहाँ पुगेका थिए । सोही क्रममा उक्त क्षेत्रमा रहेका केही व्यक्तिले आफूहरू प्रहरी निरीक्षक भएको भन्दै दाइलाई मुद्दा नचलाई छुटाईदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ माग गरेका थिए ।

उनीहरूले पीडितलाई होटलको खर्चसमेत तिर्न लगाएका थिए । माग गरिएको २ लाख रुपैयाँ दिन इन्कार गरेपछि ती व्यक्तिहरूले फोन तथा म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिई मानसिक र आर्थिक तनाव दिएको सूचना प्रहरीमा प्राप्त भएको थियो । उक्त सूचनालगत्तै प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले घटनामा संलग्न पाँचै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरू:
१. टेकराज श्रेष्ठ (३४ वर्ष): ओखलढुङ्गा, मोलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौं, चाबहिल बस्ने ।
२. इन्द्र बहादुर भुजेल (२९ वर्ष): रामेछाप, लिखु गाउँपालिका–१ घर भई हाल काठमाडौं, कपन बस्ने ।
३. धिरज रानाभाट (३३ वर्ष): पाल्पा, तानसेन नगरपालिका–६ घर भई हाल काठमाडौं, हात्तीडाँडा बस्ने ।
४. खेल बहादुर मगर (२५ वर्ष): सिन्धुपाल्चोक, जुगल गाउँपालिका–५ घर भई हाल भक्तपुर, दुवाकोट बस्ने ।
५. हर्क सिंह भ्लोन (३० वर्ष): सिन्धुली, मरिण गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोक, बनेपा बस्ने ।

पक्राउ परेकाहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दान बहादुर थापाले जानकार दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000