Logo
Logo

सातामा ७ अंकले बढ्यो नेप्से


0
Shares

काठमाडौं । यस साता नेप्से परिसूचक करिब ७ अंक बढेर बन्द भएको छ । गत साता २६२१।२९ विन्दुमा बन्द भएको नेप्से यो साता ०।२६ प्रतिशत अर्थात ६।८८ अंक बढेर २६२८।१७ विन्दुमा बन्द भएको हो । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमा तीन कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने दुई कारोबार दिन सामान्य अंक घटेको थियो ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब १६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४।१५ प्रतिशत बढी हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ३४।८२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १२।३९ प्रतिशत बढेको छ ।

कारोबार रकममा भएको वृद्धिले यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ । गत साता ४५ खर्ब १२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १९ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।

यस साता १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १।३७ प्रतिशत बढेको छ । गत साता ५४०८।४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ७४।२८ अंक बढेर ५४८२।७७ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो । त्यस्तै, यस साता बैंकिङ्ग र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक १।५७ प्रतिशत घटेको छ । गत साता ४४१३।८८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६९।३५ अंक घटेर ४३३३।५३ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ८६।९२ अंक घटेको छ ।

यस साता नेपाल ल्यूब आयलको १ लाख ४५ हजार ७२५।३६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । माण्डु हाइड्रोपावरको सेयरमूल्य यस साता सर्वाधिक ७।१९ प्रतिशत बढेको छ । गत साता ८२१ रुपैयाँमा कारोबार भएको सो कम्पनीको सेयर, यस साता ८८० रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस साता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयरको मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस साता सर्वाधिक १०।२५ प्रतिशत घटेको छ । गत साता ९४६ रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको सेयर, यस साता ८४९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000