Logo
Logo

सन्काहा शासकको समाप्ति


- श्याम रिमाल


– श्याम रिमाल

अमेरिकी इतिहासको पछिल्लो कालखण्डमा अत्यन्तै सन्काहा एक राष्ट्रपतिलाई चार वर्षसम्म भोगेर अमेरिका अबको एक सातापछि नयाँ समयमा प्रवेश गर्दै छ । ‘अमेरिका फष्र्ट’ र ‘मेक अमेरिका ग्रेट अगेन’को नाराका साथ उदाएका रिपब्लिकन लिडर डोनाल्ड ट्रम्पले पहिलोे पटकको चुनावी नाराबाट नै विश्वमा तहल्का मच्चाएका थिए । आफूले जितेमा अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउने र त्यो व्ययभार मेक्सिकोले तिर्नुपर्ने उनको चुनावी नारामध्येको एक नाराले उनको आप्रवासीप्रतिको दृष्टिकोण स्पष्ट झल्किन्थ्यो । आफैँ आप्रवासीको देश अमेरिकामा उनले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध नै गराएका थिए । महिला, अल्पसङ्ख्यक, काला जाति र आप्रवासीलाई देखी नसहने गुण भएका ट्रम्पको कार्यकालमा काला जातिका जर्ज फ्ल्योएडको प्रहरीद्वारा घाँटी थिचिएर हत्या गरेपछि भएको आन्दोलनको आगो विश्वका अन्य देशसमेतमा फैलिएको थियो । यसरी उनी हरेक हर्कतका कारण दोस्रो कार्यकालका लागि पराजित हुने निश्चित थियो । पहिलो कार्यकालका लागि डेमोक्रेटिक हिलारी क्लिन्टनसँगका प्रतिद्वन्द्वी रहेका जिओपीका उम्मेदवार डोनाल्ड जोन ट्रम्पले ४५ औँ राष्ट्रपतिमा जित्दा नै विश्वजगत् चकित भएको थियो । जबकि, पपुलर भोट भने क्लिन्टनले नै जितेकी थिइन् । अघिल्लो पटक पहिलो अश्वेत राष्ट्रपति दिएको अमेरिका पछिल्लो पटक पहिलो महिला राष्ट्रपति दिन भने चुकेको थियो । गत वर्ष नोभेम्बर ३ मा भएको निर्वाचनअघि र पछि उनका चर्तिकला निकै चाखलाग्दो थियो र अहिले पनि उनको कार्यकाल केही दिन बाँकी रहँदा झन् झन् अनौठो र शरमलाग्दो हुँदै छ ।

आफ्ना विचारहरु सधैँ ट्विटरमा पोख्न खप्पिस ट्रम्पलाई यसै वर्ष जनवरी ६ को क्यापिटल हिलको घटनाले भने ट्विटरमा जिन्दगीभरि नै प्रतिबन्ध लगाइदियो । अमेरिकी संसद् कंग्रेसले डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई विजयको अन्तिम रुप दिन लागेका बेला संसद्मा आफ्ना समर्थकलाई सम्बोधन गरेर उक्साएको परिणामस्वरुप क्यापिटोल हिल आक्रमणको निशानामा परेको थियो । जसलाई सारा विश्वले अमेरिकी प्रजातन्त्रमाथिको प्रहारका रुपमा लिएको थियो ।

रियल स्टेट डेभलपर तथा रियलिटी टिभी स्टार ट्रम्प आफ्ना प्रतिद्वन्द्वी, विरोधी खेमाका तथा विभिन्न व्यक्तिलाई विभिन्न उपनामले बोलाउन मन पराउँछन् । तल्लोस्तरमा गाली गर्ने उनको व्यक्तित्वलाई मिडियाले सधैँ उजागर गरिरहेको छ । विभिन्न प्रसङ्गमा उनले अघिल्ला आफ्ना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई ‘नेष्टी वुमन’ (घृणास्पद महिला)सम्म भने । कति महिलाहरुलाई ‘मोटी’ र ‘नराम्री’सम्म भन्न भ्याए भने त अन्य कतिलाई ‘क्रुक्ड’ (कपटी), कसैलाई ‘भेरी डम्ब’ (धेरै लाटो), ‘लायर’ (फटाहा) भने । उनले देशलाई नै गाली गरेर ‘टेरिबल चाइना’ र ‘टोटल्ली करप्ट मेक्सिको’ सम्म पनि भने । आफूविरुद्धका समाचारलाई त सधैँ ‘फेक न्युज’ कै संज्ञा दिए । जातीय र नश्लवादी तथा महिला विरोधी अमेरिकी अर्बपति ट्रम्पको पराजयमा उनले आफूले प्रयोग गरेका गालीयुक्त शब्द पनि कारक बन्यो । उनी चुनावमा जो बाइडेनसँग यति डराएका थिए कि बाइडेनका छोराले युक्रेनमा गरेको व्यवसायमा भ्रष्टाचार भएको देखाउन युक्रेनी राष्ट्रपतिलाई निकै दवाव पनि दिए । जुन घटनामा उनले महाभियोगको सामना पनि गर्नुप¥यो । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेभ्सि उनको विपक्षमा भए पनि माथिल्लो सदन सिनेट उनका पक्षमा भएकाले महाभियोगबाट भने उनी बचेका थिए । उनले आफ्नो कार्यकालमा सरकारका विभिन्न निकाय तथा सचिवालयमा आफूले नियुक्त गरेका निकै व्यक्तिलाई अल्पावधिमा नै निष्काशन दिने काम पनि गरेका थिए, जसबाट उनले आफू नजीकका मानिसहरुको विश्वास भने करीब करीब पूरै गुमाइसकेका थिए । कोरोना प्यान्डेमिकबीच भएको पछिल्लो राष्ट्रपति निर्वाचनमा उनी आफू हार्ने डरले खामबन्दी भोटको विपक्षमा उभिँदै जसमा उनी सधैँ धाँधलीको भय प्रस्तुत गरिरहन्थे ।

अमेरिकी संरक्षणवाद र एकपक्षीयतावादका नायक ट्रम्पले जलवायुसम्बन्धी पेरिस सम्झौता २०१५, इरान आणविक सम्झौता, ट्रान्स प्यासिफिक पार्टनरसिप फ्रि ट्रेड डिलबाट शुरुमै हात झिके भने रुससँगको इन्टरमिडियट रेञ्ज न्युक्लियर फोर्स ट्रिटीबाट फिर्ता भए । कोरोना महामारीपछि चीनलाई संरक्षण दिएको आरोप लगाउँदै विश्व स्वास्थ्य सङ्गठनबाट अलग्गिए । कोरोना भाइरसलाई उनले वुहान भाइरस, चिनियाँ भाइरस भन्दै चीनले नै भाइरस उत्पादन गरेको हावादारी भाषण पनि गरे । अमेरिका लकडाउनका लागि नभएको जनाउँदै लकडाउन गर्न नचाहेका उनी मास्क विरोधी नै थिए । आफूलाई कोरोना लागे पनि अस्पतालमा धेरै दिन नबसी आफ्ना समर्थकलाई सम्बोधन गर्न हिँडे । चीनसँगको व्यापार युद्धलाई चरमोत्कर्षमा पु¥याएका ट्रम्पले चीनबाट अध्ययन गर्न अमेरिका पुगेका विद्यार्थी, वैज्ञानिक र कूटनीतिज्ञलाई निष्काशन गरे । दूरसञ्चार कम्पनी हुवावेसँगको सम्बन्ध तोडे ।

आणविक गतिविधिमा तीव्र विकास गरिरहेको प्रजग कोरियाका नेता किम जोङ उनसँग उनले सिंगापुर र भियतनाममा गरी दुई पटक शीर्ष वार्ता गरे । तर, कोरियाबाट आणविक हतियार उन्मूलन गराउन भने सकेनन् । इजरायलको राजधानी जेरुसेलमलाई मान्यता दिएर अमेरिकी राजदूतावास सारे भने संयुक्त अरब इमिरेट्स, मोरक्को, बहराइन र सुडानसँग इजरायलको सम्बन्ध गाँसिदिए । इरानी जनरल कास्स्मिम सुलेमानीको हत्या अमेरिकी सैन्य ड्रोन आक्रमणबाट उनकै कार्यकालमा भएको थियो र अहिले इरानले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्न आह्वान गरिसकेको छ ।

आफ्ना विचारहरु सधैँ ट्विटरमा पोख्न खप्पिस ट्रम्पलाई यसै वर्ष जनवरी ६ को क्यापिटल हिलको घटनाले भने ट्विटरमा जिन्दगीभरि नै प्रतिबन्ध लगाइदियो । अमेरिकी संसद् कंग्रेसले डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई विजयको अन्तिम रुप दिन लागेका बेला संसद्मा आफ्ना समर्थकलाई सम्बोधन गरेर उक्साएको परिणामस्वरुप क्यापिटोल हिल आक्रमणको निशानामा परेको थियो । जसलाई सारा विश्वले अमेरिकी प्रजातन्त्रमाथिको प्रहारका रुपमा लिएको थियो । निर्वाचनअघि नै आफू हारे पनि ह्वाइट हाउस नछाड्ने वाचा गरेका उनले केही राज्यमा निर्वाचनमा धाँधली भएको भनी मुद्दा हाले तर कतै प्रमाण देखिएन । केही राज्यमा पुनःमतगणना भए पनि निर्वाचन परिणाम भने उल्टिएन ।

अमेरिका इतिहासमा हार्नेबित्तिकै विजयीलाई तुरुन्त बधाई दिने चलनविपरीत ट्रम्पले अझै पनि आफ्नो हारलाई राम्रोसँग स्वीकार्न सकेका छैनन् र बाइडनलाई बधाई दिएका छैनन् । अमेरिकाको ४६ औँ राष्ट्रपति पद सम्हाल्ने समारोहमा ट्रम्पले आफू उपस्थित नहुने जानकारी भने दिइसकेका छन् । नोभेम्बरको निर्वाचनपछि ट्रम्पको बानीव्यहोरा विपरीत भने शालीन, परिपक्व र अनुभवी राजनीतिज्ञ पाएको छ र उनको कार्यकालमा घरेलु तथा बाह्य राजनीतिमा आउने फेरबदलावको अमेरिकी जनता र विश्वले पर्खेर बसेको छ । नेपाली राजनीतिज्ञ, राजनेता र राजनीतिकर्मीले पनि ट्रम्पको बानी र उनको शासकीय प्रबन्धबाट सिक्न सके राजनीतिक रुपले पराजय भोग्नुपर्दैन होला ।

[email protected]

 

प्रतिक्रिया दिनुहोस्