Logo
Logo

अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित


- दृष्टि न्युज/संवाददाता


वासिंगटन डिसी, २९ पुस (एजेन्सी) । अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजिन्टेटिभ्स’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव पारित गरेको छ । यो बैठकले राष्ट्रपति ट्रम्पलाई हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव गरिएको छ । २५औँं संशोधनमार्फत् ट्रम्पलाई पदबाट हटाउन लागिएको हो ।
यसअघि उपराष्ट्रपति माइक पेन्सले २५औँ संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए । तर, तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले भने ट्रम्पलाई उपराष्ट्रपतिले नहटाए ‘महाभियोग’ लगाएर हटाउने बताएकी थिइन् । यससँगै तल्लो संसद्मा ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोगको प्रस्ताव पेश गरिएको थियो ।
बुधबार तल्लो सदनमा राष्ट्रपतिमाथि महाभियोगबारे पनि मतदान हुनेछ । गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक प्रदर्शनको लागि मानिसहरुलाई भड्काएको आरोपमा उनीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।
यसअघि डेमोक्रेटिक पार्टीका नेताहरुले उपराष्ट्रपति माइक पेन्सलाई २५ औं संशोधनअनुसार आफ्नो अधिकार प्रयोग गरी ट्रम्पलाई पदबाट हटाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्