
काठमाडौं, ३ माघ । गायक शम्भू फोम्बो लिम्बू गीत पालाम सार्वजनिक भएको छ । ‘आनिङ्वा सुमसुम’ बोलको उक्त पालम शुक्रबार अनामनगरमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
यअसघि गायक फोम्बोले नेपाली तथा पूर्वेली लोकलयमा आधारित गीत गाउँदै आएका थिए । उनले पहिलोपटक पालाम गाएका हुन् । कार्यक्रममा गायक फोम्बोले सानैदेखि लिम्बू भाषा बोल्दै आएता पनि गीत पहिलोपटक पालाम गाउने अवसर पाएको बताए ।
सार्वजनिक पालाममा शम्भू फोम्बोसँगै सुनिता संयक लिम्बू, सुमन लिम्बू, दीपा सुहाङ, दिवस पयाँगू र निरन्ता नेम्बाङले स्वरमा साथ दिएका छन् । यस पालाममा शान्ता केरुङको रचना, रीता फोम्बो ठूली र सुमन लिम्बूको लय संकलन र अशोक लोहरुङ राईको एरेन्ज रहेको छ ।
लोकेन साँवा लिम्बूको निर्देशन रहेको भिडियोमा रुद्र पाहिम, बबिता फोम्बो, पुष्पाञ्जली तिल्लिङ मादेन (चापेत्तीको आमा), कृष्णराज नेम्बाङ, सलमान थलङ, नैनकला आङ्देम्बे, शान्ति निङ्लेकु, मनु थक्लुङ, प्रदिप योङहाङ, सन्तोषी थोप्राले आभिनय गरेका छन् ।














