Logo
Logo

बाइडेनलाई अवसर र चुनौतीका चाङ


प्रदीपराज दाहाल


काठमाडौं, ८ माघ । ह्वाइट हाउससँग पुरानो सम्बन्ध राख्ने जो बाइडेनले ४६औं अमेरिकी राष्ट्रपतिको रुपमा कार्यकाल सुरु गरेका छन् । कमला ह्यारिसले पहिलो महिला उपराष्ट्रपतिको रुपमा इतिहास रच्दै कार्यकाल सुरु गरे । बाइडेन र ह्यारिसले अबको ४ वर्ष विश्व शक्ति राष्ट्र अमेरिकालाई नेतृत्व गर्नेछन् ।

राजनीतिमा पाको बाइडेन उमेरमा दोब्बर पाको छन् । ७७ वर्षमा राष्ट्रपति निर्वाचित बाइडेनसँग उमेरभन्दा ठूलो चुनौती छ । तर, कुशल कुटनीतिज्ञ मानिने बाइडेनसँग चुनौतीहरु समाना गर्ने क्षमता पनि अपेक्षा गरिन्छ ।

सन् १९७३ मा पहिलो पटक अमेरिकी सिनेटको सदस्य बनेका बाइडेनले पछिल्लो २८ वर्षपछि पहिलो पटक कुनै अमेरिकी राष्ट्रपतिलाई पहिलो कार्यकाल पछिनै घर पठाइदिएका छन् । बाइडेनको लोकप्रीयताले डोनाल्ड ट्रम्प एक कार्यकालमै बाहिरिए ।

वासिङ्टनसँग सम्बन्ध
सन् १९९२ मा जर्ज डब्लु बुसलाई पहिलो कार्यकालपछि नै हराएर डेमोक्याटिक पार्टीका बिल क्लिनटन राष्ट्रपति बनेका थिए । बाइडेनले ३३ वर्षअघि नै सन् १९८७ मा राष्ट्रपतिका लागि पहिलोपटक प्रयास गरेका थिए । सिनेटरका रूपमा बाइडेनको भाषण गर्ने कलाको खुबै तारिफ हुने गर्दछ । उनको फरसाइलो व्यक्तित्व, सबैसँग घुल्न सक्ने क्षमता र वाककला हेरेरै धेरैले उनलाई सुरूदेखि नै राष्ट्रपतिका लागि योग्य ‘मटेरियल’ भनेका थिए । तर, धेरै पटक बाइडेन राष्ट्रपतिका लागि सही पात्र भएनन् ।

डेमोक्र्याटिक पार्टीको संस्थापन पक्षको बलियो साथ रहेकी हिलारी क्लिन्टनलाई कडा प्रतिस्पर्धाबीच पन्छाउँदै ओबामाले डेमोक्र्याटिक पार्टीको उम्मेदवारी जित्दा विदेश नीतिमा अब्बल मानिएकाले ओबाले उनलाई उपराष्ट्रपति बनाए । ओबामा प्रशासनमा आठ वर्ष बस्दा बाइडेनले अन्तर्राष्ट्रिय नीतिहरूमा महत्वपूर्ण काम गरेकाले यो पटकको निर्वाचनमा विश्व नै बाइडेनले जितोस् भन्ने शुभकामना दिइरहेका थिए ।

विक्षिप्त बाइडेन
बाइडेन सिनेटरको रुपमा मात्र नभई जननिकट पनि मानिन्छन् । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको मृत्यु भयो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । बाइडनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए । सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडेनको निधन भयो । आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडेनप्रति सर्वसाधारण सहानुभूति राख्छन् ।

डेमोक्र्याटिक पार्टीभित्र प्राइमरी लड्ने घोषणा गरेदेखि नै बाइडेनले मिचिगन, विस्कन्सि र पेन्सिलभेनियामा जिते राष्ट्रपति जिन्ते दावी गर्दै आएका थिए । अन्ततः त्यही क्षेत्रले उनलाई ४६ औं राष्ट्रपति बनाउन मद्दत गर्यो । उनको विजयसँगै विश्वव्यापीकरण र अमेरिकी लोकतन्त्रमा छाएको ‘कालो छायाँ’ हटेको दावी गरिएको छ ।

चुनाव जित्नुअघि नै बाइडेनले नयाँ राष्ट्रपतिका रूपमा काम थालेका थिए 
राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै बाइडेनले आफ्नो ट्रान्जिसन वेबसाइट सुरु गरेका थिए । ५ नोभम्बरबाटै बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामबाट ट्रान्जिसन वेबसाइट सुरु गरेका थिए । यसमा लेखिएको थियो, ‘देश जुन खालको संकटमा चलिरहेको छ, त्यसमा महामारीदेखि आर्थिक मन्दी, जलवायू परिवर्तन, नस्लीय अन्यायजस्ता गम्भीर मुद्दा छन् । ट्रान्जिसन टिमले तीव्र गतिमा तयारी गरिरहेका छन्, जसबाट बाइडेन–ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सकोस् ।’ बाइडेनले आफू राष्ट्रपति बनेको दिन नै पेरिस जलवायू सम्झौतामा अमेरिकालाई पुनः सामेल गराउने बताउँदै आएका छन् ।

चुनौतीको चाङ
सुरक्षा, अन्तर्राष्ट्रिय मामिला, जारी सामुद्रिक सामरिक चासो र आणविक मामिलामा अमेरिकी नीति र हैकमवादी व्यवहार परिवर्तन गराउन बाइडेनलाई सहज छैन । कोभिड–१९ विरुद्धको अभियानमा सक्रियता देखाएर अमेरिकी जनतालाई सुरक्षाको प्रत्याभुति दिनु बाइडेनको पहिलो दायित्व हो । त्यो भन्दा बढी बाइडेनाई पहिलो परीक्षा बिस्तारित विश्वबाट हैन, खुम्चिएको अमेरिकामा पास गर्नु पर्ने छ । कडा प्रतिस्पर्धामा ट्रम्पले पाएको जनमत र त्यसले प्रतिनिधित्व गर्ने प्रवृत्ति अमेरिकी समाजका लागि र विश्वकै लागि खतरनाक छन् । र, त्यो प्रवृत्तिको आकार र परिणाम सानो छैन ।

प्रतिक्रिया दिनुहोस्