Logo
Logo

इलाम अपडेट: सुहाङले १६ हजार मत कटाए, अरु कसले कति पाए ?



काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा ९एमाले०का सुहाङ नेम्वाङले अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १६ हजार २१९ मत पाएका छन् ।

फाकफोकथुम गाउँपालिका, माङ्सेवुङ गाउँपालिका, चलाचुली गाउँपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ तथा देउमाई नगरपालिकाको वडा नम्बर १, २ ३ र ४ को मतगणना सकिँदा सुहाङले पाँच हजार ६६२ मतले अग्रता लिएका हुन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार ८२५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले दुई हजार ६४५ मत पाएका छन् ।

गत शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेकोमा अब १९ हजार ३२६ मत गन्न बाँकी रहेको छ । अब इलाम नगरपालिकाको ११ वटा वडाको मत गन्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्