Logo
Logo

कोरोनाभइरस सँगसँगै ओली भाइरससँग लड्नु छ : बाबुराम भट्टराई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाविरूद्धको खोप सरकारले अन्यत्रबाट मागेर ल्याएकोबारे टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले कोरोनाविरूद्धको खोप सरकारले भारतबाट मागेर ल्याएकोबारे टिप्पणी पनि गरेका हुन् । उनले डेढ प्रतिशत जनतालाई पुग्ने खोप सरकारले भारतबाट सहयोग लिएको प्रसंग उल्लेख गर्दै बाँकी जनतालाई कहिले खोप दिने भन्ने पनि प्रश्न गरेका छन् ।

भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुगेकाे छ ।

यही प्रसंगमा भट्टराईले बिहीबार बिहान ट्वीट गर्दै भनेका छन्- ‘मागेको धोतीले मेरो लाज छोपिन्न। भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो ! अहिले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ । त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे । बॉकीलाई कहिलेसम्म होला ? कता हात थाप्ने होला ? फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ !’

प्रतिक्रिया दिनुहोस्