Logo
Logo

भारतले दिएको कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । भारत सरकारले नेपाललाई उपलब्ध गरेको कोरोना खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण गरेका हुन् । भारतले यसअघि नै नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

सोही घोषणाअनुसार भारतले कोरोना खोपको १० लाख डोज बिहीबार नै काठमाडौं पठाएको थियो । खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई धन्यवाद दिए । उनले कोरोना संकटको अवस्थामा भारतले गरेको सहयोग सरहानिय रहेको बताए ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल–भारत कोराना सहकार्य जारी रहने बताए । उनले आगामी दिनमा नेपाल भारत सम्बन्ध थप प्रगाढ हुदै जाने प्रतिवद्धता जनाए ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्ट लाइनमा खिटएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिइने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्