Logo
Logo

टी-१० खेल्न पारससहित नेपाली खेलाडी अबुधाबी प्रस्थान


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, ८ माघ । टी-१० लिग खेल्न पूर्व कप्तान पारस खड्कासहित अन्य नेपाली खेलाडी प्रस्थान गरेका छन् । संयुुक्त अरब इमिरेटस् (युएई) को अबुधाबीमा हुने टी-१० लिग खेल्न राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, तीब्र गतिका बलर करण केसी र युवा अलराउन्डर कुशल मल्ल संयुक्त अरव त्यसतर्फ प्रस्थान गरेका हुन् ।

तीव्र गतिका अर्का बलर सोमपाल कामी भने आज (बिहीबार) बिहानै युएई गइसकेका छन् । यस वर्ष पारस भने इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा छन् भने बलर करण पुने डेभिल्स, कुशल आबुधाबी र सोमपाल माराठा अरेवियन्सबाट खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्