Logo
Logo

भाषणमै ढलेका गाउँपालिका अध्यक्षको निधन


- दृष्टि न्युज/संवाददाता



पाँचथर, २७ माघ ।
भाषण गर्दागर्दै ढलेर बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको निधन भएको छ । शनिबार उपचारको क्रममा इलाममा उनको मृत्यु भएके हो ।

वडाले आयोजना गरेको क्षमता विकास तालिम कार्यक्रममा बोल्ने क्रममा बेहोस भएका उनलाई तत्काल उपचारका लागि इलाम तर्फ लगिएको थियो । इलामबाट झापा तर्फ लैजाने तयारीका क्रममा उनको निधन भएको हो । यसअघि इलामबाट सीधै हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको थियो । अवस्था जटिल भएपछि उनलाई काठमाडौं नलगिएको हो ।
शनिबार नियमित गाउँपालिकाको काम सुरु गरेका थिए । स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट नेम्बाङ विजयी भएका थिए । साहित्यकारसमेत रहेका नेम्बाङ पाँचथरका अब्बल क्षमताका मानिन्थे । उनलाई उच्च रक्तचापको समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्