Logo
Logo

ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुल्याे : कोटा सिस्टम हट्याे, कसरी भर्ने फारम ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम आज (शुक्रबार)बाट खुलेको । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन फारम खुला गरेको जानकारी दिएको छ ।

विभागले लाइसेन्स लिनका लागि भरिने फारममा लगाएको कोटा प्रणाली हटाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘हामीले सर्भरको समस्या सुल्झाएर परीक्षण पनि गरिसक्यौँ। अब सेवाग्राहीले सातै दिन २४ सै घन्टा फारम भर्न सक्ने छन् ।’

अनलाइन फर्म भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि लागि यातायात कार्यालय जानुपर्ने छ ।

यसअघि दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासाहरू आएका थिए ।

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो ।

आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए । त्यस्तै केही दिनदेखि आएको सर्भरको समस्याले अनलाई आवेदन प्रणली बन्द थियो ।

कसरी भर्ने फारम ?

अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइट (www.dotm.gov.np) मा जाने । त्यसको भित्र दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने सेक्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ लिंकमा क्लिक गर्ने ।

त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन ‘Online Driving License Registration’ मा क्लिक गर्ने ।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स (New License), लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल ‘प्रोसिड‘ लेखिएको बटनमा क्लिक गर्नुहाेस् । ‘प्रोसिड’ मा क्लिक गरेसँगै त्यहाँ फारम खुल्नेछ ।

त्यसपछि ‘एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ । त्यहाँ ओकेमा क्लिक गर्ने । र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिन्छ ।

यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्