Logo
Logo

पठाओले गर्‍यो यात्रु र चालक दुवैको ५-५ लाखको बिमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । पठाओका चालक र यात्रु दुवैको बिमा हुने भएको छ । पठाओ नेपालले एभरेस्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारीपत्रमा हस्ताक्षर गरेको छ ।

साझेदारीअन्तर्गत पठाओमा यात्रा गर्ने ग्राहक र चालकहरूको दुर्घटनामा परी मृत्यु, अपांगताजस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँसम्मको बिमा रकम प्राप्त गर्नेछन् । यसको साथै कुनै पनि ग्राहक तथा चालकले १ लाखसम्मको दुर्घटना उपचार बिमा सुविधा पनि पाउनेछन्।

यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपश्चात् ३० दिनभित्र बिमा कम्पनीको नियमानुसार तोकिएको कागजातसहित निवेदन गर्नु पर्नेछ । पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा चालकले यो सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्