Logo
Logo

अब तेस्रो जनआन्दोलन सुरु भयो : नारायण वाग्ले


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ । लेखक तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका हुन् ।

‘हामीले लोकतान्त्रिक अधिकार प्रयोग गरी जिताएको सेवकले नै हामीमाथि बर्बर दमन गर्‍यो । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं भनेका थियौँ । तर, बर्बर दमन गरियो,’ उनले भने, ‘अब साथीहरू तेस्रो जनआन्दोलन सुरु भयो ।’

वाग्लेले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताए । ‘आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैं गर्ने छौँ,’ उनले भने, ‘घाइते भएका हाम्रा साथीहरुको यथार्थ जानकारी संकलन गर्ने छौँ । सरकारको लालच हामीलाई चाहिँदैन । हामी आफैं उपचार गर्ने छौंँ ।’

प्रदर्शनका क्रममा प्रहरीले व्यापक लाठीचार्ज, अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहानसमेत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्