Logo
Logo

नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियाकै कमजोर, यो वर्ष ऋणात्मक हुने राष्ट्रसंघको प्रक्षेपण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ माघ । संयुक्त राष्ट्रसंघले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक हुने प्रक्षेपण गरेको छ । विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने प्रक्षेपण गरेको हो ।

राष्ट्रसंघका अनुसार नेपालको आर्थिक वृद्धिदर यो वर्ष दक्षिण एसियामै सबैभन्दा कमजोर अवस्थामा पुग्ने प्रक्षेपण गरेको छ । सार्वजनिक रिर्पोट अनुसार राष्ट्रसंघले नेपाल आर्थिक वृद्धि -०.१ प्रतिशतले ऋणात्मक हुने छ ।

यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा आव २०२०/२१ मा आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने अनुमान गरेको थियो । सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदरको अनुमान गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण थला परेको अर्थतन्त्र उठाउने प्रयास विश्वका सबैजसो मुलुकले गरिरहेका छन् । नेपालले आगामी आर्थिक वर्षमा भने ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने राष्ट्रसंघको अनुमान छ ।

दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले प्राप्त गर्ने र उको आर्थिक वृद्धिदर ९.९ प्रतिशत रहने राष्ट्रसंघले अनुमान छ ।

यसैगरी भारतको ७ प्रतिशत, बंगलादेशको ५.१ प्रतिशत, अफगानिस्तानको ४.३ प्रतिशत, भुटानको ३.५ प्रतिशत, श्रीलंकाको ३.१ प्रतिशत र पाकिस्तानको ०.५ प्रतिशत रहने राष्ट्रसंघको प्रक्षेपण गरेको छ।

प्रतिक्रिया दिनुहोस्