Logo
Logo

संसद विघटनको विरोधमा प्रचण्ड-माधव समूहद्वारा माइतीघरमा धर्ना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड-माधव पक्षले बुधबारदेखि काठमाडौंको माइतिघरमा धर्ना गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा प्रचण्ड–नेपाल समूह माइतीघरमा धर्नामा बसेका हुन् ।

असंवैधानिक रुपमा संसद बिघटन गरिएको भन्दै त्यसको विरोधस्वरुत एकसातासम्म धर्नामा बस्ने नेकपा सो पक्षका नेतृ पम्फा भूषाले बताइन् । संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको जिकीर गर्दै आएको नेकपाले संसद जीवित छ भन्ने सन्देश दिने उद्देश्यले धर्नाको आयोजना गरेको भूषालले बताइन् । उनले सर्वोच्चले संविधान अनुसार न्यायोचित निर्णय गर्ने र प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गरिन् । त्यस्तै उहाले निर्वाचन आयोगले आफ्नो कानून र विवेक प्रयोग गर्न नसकेको बताइन् ।

धर्ना कार्यक्रममा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु सहभागी छन् । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्ने गरि थप कार्यक्रम सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्