Logo
Logo

दूध बोक्ने टयांकरले ठक्कर दिँदा दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

कावासोती–१६, डण्डामा दूध बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नवलपरासीले जनाएको छ ।
बा३ख ९१५८ नम्बरको ट्यांकरले लु२८प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपुरको मध्यबिन्दु नगरपालिका–२ बस्ने मोटरसाइकल चालक ४२ वर्षीय युवराज घिमिरे र सोही ठाउँ बस्ने ३६ वर्षीय पीताम्बर पाठकको मृत्यु भएको हो ।
ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्