Logo
Logo

संघीय सरकारबाट सरुवा गर्न माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ फागुन । नेपाल जनस्वास्थ्य संघले स्वास्थ्य सेवामा कार्यरत अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीको सरुवा, पदस्थापन संघीय सरकारबाट गर्न माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सात वटै प्रदेशका सामाजिक विकासमन्त्रीमार्फत प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट दशौँ तहसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको थियो ।
संघका महासचिव महेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लोकसेवा आयोगको प्रक्रियामार्फत प्रवेश गरेका अधिकृतस्तरदेखि माथिका कर्मचारीलाई सङ्घीय सरकारबाट नै खटनपटनमा रहने गरी सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउने प्रावधान सुनिश्चित गर्न आग्रह गरिएको छ ।
हालको स्वास्थ्य सेवाका कर्मचारी समायोजन प्रक्रियामा कर्मचारीको वृत्तिविकासका अवसरहरुमा एकरुपता नभएको, सरुवा तथा बढुवाको अवसर साँधुरो भएको र कर्मचारीको मनोबल कमी हुँदै गएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्