Logo
Logo

आज पनि ओली समूहको स्थायी कमिटी बैठक


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न ओली समुह बैठक बस्न लागेको हो ।

बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्