Logo
Logo

जीप दुर्घटनामा ४ जनाको मृत्यु, ११ घाइते


- दृष्टि न्युज/संवाददाता


बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साझ जीप दुर्घटना दुँदा चार जनाको मृत्यू भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा छिस्तीका १९ वर्षीया प्रियंका पुन, ३० वर्षीया तुलसी पुन, १४ वर्षीया एलिना पुन र १३ वर्षीया ज्योती पुन रहेका छन् ।

ध १ ज ७९१ नम्बरको पीकअप जीप टुनीबोटमा दुर्घटना भएको थियो । घाइते हुनेहरुमा धना श्रीस, विष्णु श्रीस, तृष्णा पुन, विशाल परियार, सविना थापा, नन्द कली श्रीस, याम कुमारी थापा, निर्मल पुन, पुजा पुन, संगम श्रीस, सम्झना पुन रहेका छन् ।

उनीहरूको सबैको घर जैमिनी नगरपालिका–८ जैवका स्थानीय भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलबाट ११ जना घाइतेहरुलाई उद्दार गरिएको छ । घाइतेमध्ये गम्भीर भएका ४ जनालाई पोखरा रिफर गरिएको छ भने बाँकी ७ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए ।

रातीको समयमा जीपमा यतीनै यात्रु थिए भन्ने एकिन गर्न कठिन भएको प्रहरीले बताएको छ । सडकदेखि करिव ७ सय मिटर तल खसेको र रात परेपछी अध्यारोका कारण उद्दारमा समस्या भएको थियो । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक बोकेको जीप छिस्ती रापुङटुनीबोटमा दुर्घटना भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्