Logo
Logo

भारत–पाकिस्तानको सम्बन्ध सुधारको प्रयास, उच्च तहमा गोप्य वार्ता !


दृष्टि संवाददाता


काठमाडौं । भारत र पाकिस्तानबीचको सैन्य विवाद मथ्थर हुने संकेत देखिएको छ । दुबै देशका सैन्य कमाण्डरका युद्ध विराम गर्ने संयुक्त वयानको चर्चा भारतीय सञ्चारमाध्यामहरुले उल्लेख गरेका छन् ।

‘ब्याक च्यानल’ मार्फत भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफ्ना पाकिस्तानी समकक्षीसँग निरन्तर वार्तामा रहेको भारतीय पत्रिका हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ ।

स्रोतका अनुसार भन्दै हिन्दूस्तान टाइम्सले डोभाल र पाकिस्तानी प्रधानमन्त्री इमरान खानका राष्ट्रिय सुरक्षा डिभिजनका विशेष सहायक मोईद यूसुफसँग सिधा कुराकानी भएको उल्लेख गरेको छ । दुई पक्षबीच तेस्रो मुलुकमा वार्ता भएको बताइएको छ ।

यसबारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकर पनि जानकार छन् । तर, मोईद यूसुफले भने आफूसँग डोभालको कुनै किसिमको वार्ता नभएको बताउँदै आएका छन् । तर, सैन्य कमाण्डरहरुबीच वार्ताको नतिजा अनुसार एलओसीमा प्रगति भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्