Logo
Logo

साउदी युवराज र भारतीय प्रधामन्त्री मोदीबीच आज भेटवार्ता हुँदै


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, ८ फागुन । पाकिस्तानको भ्रमणपछि साउदी अरबका युवराज मोहम्मद बिन सलमान भारत आएका छन् । दुई दिवसीय भ्रमणमा भारत पुगेका उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट पुगेर स्वागत गरेका थिए ।
पाकिस्तानमा दुई दिने भ्रमणका क्रममा युवराज मोहम्मद बिन सलमानले पाकिस्तानमा २० अर्ब डलर बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा हमलापछि भारत र पाकिस्तानबीच बढिरहेको तनावको असर युवराज सलमानको यो पहिलो द्वीपक्षीय भ्रमणमा पनि पर्नसक्ने अनुमान गरिएको छ किनकि साउदी युवराज भारतलाई आफ्नो तेल अत्यधिक मात्रामा बेच्न चाहन्छन् । आज बुधबार प्रधानमन्त्री मोदी र युवराज सलमानबीच वार्ता हुँदैछ । वार्तामा पुलवामा हमलाबारे पनि विस्तृत रुपमा चर्चा हुने अनुमान गरिएको छ ।
पुलवामा हमलाअघि साउदी राजकुमारको भ्रमणको मुख्य एजेन्डा भारतको तेलको बिक्री र आर्थिक लगानी थियो । तर अब परिस्थिती बदलिएकाले राजनीतिक चर्चा पनि हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्