Logo
Logo

संसद् पुनःस्थापनापछि केपी ओली झन् बलियो पो हुनुभयो : सुवास नेम्वाङ


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुनःस्थापनापछि केपी शर्मा ओली नेतृत्वको सरकार झन् बलियो भएको बताएका छन् ।

ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन भएको अवस्थामा प्रधानमन्त्रीलाई कामचलाउ भनिएकोमा अहिले उनी झन् बलियो भएको बताएका हुन् ।

‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयरटेकर हो, निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के–के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो। जुन कुरा ठीक थिएन, यो ठीक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो,’ नेम्वाङलले भने, ‘संसद् पुनःस्थापित भएपछि त उहाँ हिजोभन्दा झन् दह्रो पो हुनुभयो।’

उनले प्रतिनिधि सभा पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले संसद् विघटनलाई लोकतन्त्र र कानूनसम्मत भन्ने गरेमा अहिले संसद् पुनःस्थापित भइसकेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए।

ओली यदि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए त्यसको सामना गर्ने उनको भनाई छ । उनले पार्टी विभाजन नभएको समेत जिकिर गरे ।

‘हामीले भनिराखेका छौं, नेकपामा विभाजन छैन। हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ, कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ,’ उनले भने,‘हाम्रा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ। हामीले कसैलाई कारबाही गरेका छैनौं। त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं।’

प्रतिक्रिया दिनुहोस्