Logo
Logo

दृष्टिका दश हेडलाइन्स : नेकपा आधिकारीकता टुंगो लगाउने तयारीदेखि ओली अविश्वासको प्रस्ताव सामना गर्न तयारसम्म


दृष्टि संवाददाता

2.7k
Shares

हेडलाइन्स

१. संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने सभामुख अग्निप्रसाद सापकोटाद्धारा विश्वास व्यक्त, पहिले जसरी संसद् चलेको थियो त्यही अनुसार संसद् चल्ने धारणा व्यक्त, राजनीतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने भनाइ ।

२. संसद पुनःथापनाको ब्याटल सडकबाट जितेको र न्यायालयले पनि आफूहरुलाई न्याय दिएको नेकपा अध्यक्ष प्रचण्डको भनाइ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएकाले जालझेल गर्न उद्धत रहेको आरोप, आफूहरु नै आधिकारिक पार्टी भएकाले भ्रममा नपर्न आग्रह ।

३. संसद विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेको भनाइ, न्यायलयलाई संविधान अनुसार नै निर्णय गर्न सुझाव दिनुलाई दवाव भन्न नमिल्ने तर्क ।

४. निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने, संसद पुनःस्थापनापछि निर्वाचन प्रयोजनका काम गर्नु नपर्ने भएकाले अन्य काम गर्न सहज भएको प्रवक्ता राजकुमार श्रेष्ठको भनाइ, दलसम्बन्धी विषयमा दर्ता भएको निवेदनमा आयोगबाट अध्ययन तथा परामर्श जारी ।

५. केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको नेकपा अध्यक्ष माधवकुमार नेपालको भनाइ, संसद विघटनविरुद्ध आन्दोलन गर्नेहरु मिलेर संयुक्त सरकार बनाउनुपर्नेमा जोड, संसद पुनस्थापना भएपनि पूरै लडाइँ जित्न बाँकी रहेको धारणा ।

६. संसद पुनःस्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ, दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको दावी, सांसद खरिद विक्रीले संसदीय व्यवस्था नै संकटमा पर्ने धारणा ।

७. प्रतिनिधिसभा पुनःस्थापनापछि सरकार झन् बलियो भएको नेकपा केपी शर्मा ओली पक्षका नेता सुवास नेम्वाङको भनाइ, संसद पुनःस्थापनपछि वर्तमान सरकार कामचलाउ नभएकाले झन बलियो भएको दावी, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए प्रधानमन्त्रीले सामना गर्ने भनाइ ।

८. निजी अनलाइन संचारमाध्यमलाई सार्वजनिक निश्कासन भएका सेयरको नतिजा प्रकाशनमा रोक लगाएको सीडीएस एण्ड क्लियरिङ लिमीटेडले छुट्टै वेब पोर्टल तयार पार्यो, आइपीओ लगायतका सार्वजनिक निश्कासनको रिजल्ट मात्र राखिने र सहज ढंगले हेर्न सकिने गरी सिडिएससीले नयाँ वेब पोर्टल तयार गरी सार्वजनिक गर्यो, नतिजा हेर्नका लागि आइपीओ रिजल्ट डट सीडीएसी डट कम डट एनपी लगन गर्नुपर्ने ।

९. सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखा र पुल्चोक स्पोट्र्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे, बाँसबारी र श्री कुमारीले पनि गोलरहित बराबरी खेले ।

१०. हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागे, भाग्ने क्रममा भएको झडपमा कम्तीमा २५ जनाको मृत्यु, नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ जना रिहा, नाइजर राज्यको प्रशासनले आफन्तको जिम्मा लगाएयो ।

प्रतिक्रिया दिनुहोस्