
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।
चाइना–नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्न गृह जिल्ला झापा पुगेका ओलीले असंसदमा अविश्वासको प्रस्ताव दर्ता गराएर आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भने– ‘तपाईंहरुले मुद्दा लडेर प्रतिनिधिसभा पुनस्थापित गर्नु भएको छ, सक्नु हुन्छ भने केपी ओलीलाई हटाएर देखाउनुस् ।’ प्रधानमन्त्री ओलीले थपे– ‘ आजभोली प्रचण्ड–माधव राजीनामा दिनु पर्यो भन्दै मसँग हात जोड्न थालेका छन् । त्यसैले भन्छु– हिम्मत भए हटाएर देखाउ ।’
प्रधानमन्त्री ओलीले संसदबाट हटाए दुईतिहाइ मत ल्याएर देखाउने समेत बताएका छन् । उनले भने– ‘पहिले पनि अविश्वास राखेर हटाएको थियो । जनताबाट मत लिएर प्रधानमन्त्री भएको हुँ । फेरि हटाउन सक्नुभएछ भने हटाउनुस् जनताबाट दुईतिहाइ मत लिएर देखाउँछु ।’ प्रधानमन्त्री ओलीले देशको विकास रोक्न आफूलाई हटाउन खोजेको समेत बताएका छन् ।











