Logo
Logo

‘प्रधानमन्त्री बाँकी राखिन्न, राष्ट्रपतिलाई केही गरिन्न’


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पूनःस्थापना गरिसक्दा पनि राजीनामा नदिनु अर्को असंवैधानकि कदम रहेको टिप्पणी गरेका हुन् ।

नेता रावलले ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको समेत आरोप लगाएका छन् । अहिलेको मुख्य लडाइँ लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि रहेको भन्दै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउने तर राष्ट्रपतिलाई केही नगरिने नेता रावलको भनाइ रहेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले भने– ‘असंवैधानिक कदम चालेको ओलीलाई बाँकी राखिन्न, राष्ट्रपतिलाई केही गरिन्न ।’

पार्टी र संसदीय दलको विधानअनुसार अघि बढेको भन्दै नेता रावलले आधिकारीक नेकपा आफ्नो रहेको समेत दावी गरे ।

प्रतिक्रिया दिनुहोस्