Logo
Logo

नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरवारमा


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै रणनीति बनाउन नेकपा (प्रचण्ड–माधव) समूहको सचिवालय बैठक बसेको छ । सिंहदरबार संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्तावबारे छलफल केन्द्रित गरेको छ ।

पार्टीभित्र देखिएको कानून अड्चनदेखि कांग्रेस र जनता समाजवादी पार्टीसँगको छलफलबारे व्रिफिङ हुँदैछ । कांग्रेस र जसपाले आधिकारिकता खोजेपछि यो समूह रणनीति बनाउन जुटेको हो ।

फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले २३ गते अपरान्ह ४ बजे अधिवेशन आह्वानको सिफारिस गरेको छ । अब बस्ने संसद बैठकमा प्रचण्ड–माधव समूहको प्रस्तुती र निर्वाचन आयोगले वैधानिकता विवाद नटुंग्याएको विषयमा छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्