काठमाडौं । प्रतिनिधिसभा बैठक बस्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।

पार्टीको आधिकारिकता विवाद कायमै रहेका बेला यो समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको हो । आज बसेको सचिवालय बैठकले पार्टीको आधिकारिकता छिटो टुंग्याउन निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको बैठकसँगै प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गर्नका लागि पनि अन्य दलहरुसँगको छलफल तीव्र बनाउने लगायतका विषयमा छलफल गर्ने तयारी पनि सो समूहले गरेको छ ।











