Logo
Logo

आफूमाथि आक्रमण हुन सक्ने भन्दै ओलीले भने : ‘मेरो ज्यान तलमाथि हुन सक्छ’


दृष्टि संवाददाता

27.3k
Shares

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विकासमा फड्को मारेको बताएका छन् । सोमार पोखरामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुनियाँका धेरै देशले गर्न नसकेको प्रगति नेपालले गरेको बताए ।

उनले भने, ‘हाम्रो कामको गति र वेग असाधारण छ, पहिले १ वर्षमा १० किलोमिटर सडक बन्थ्यो अहिले दिनमा ५.७ किलोमिटर बाटो बनेका छन् यो कति गुणा हुन्छ तपाईं आफैं सोच्नुस।’

संयुक्त राष्ट्रसंघले अब नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशीलमा स्तरोन्नती गर्नका लागि शिफारिस गरेको उनले बताए । ओलीले भने, ‘ नेपाल संयुक्त राष्ट्रसंघको आँकडा आएको छ । अनेक सुचकांकमा हामी अघि छौं । धेरै लक्ष्य छिटो पुरा गर्छौँ ।’

उनले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने पनि बताए । ‘ममाथि कसैले शारिरिक हमाल वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला ।’

उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे । उनले भने, ‘ म नभएपछि देश अघि बढ्छ मेरो पार्टी रहन्छ। आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

देशको भविष्य र पार्टी तलमाथि पार्न दिनु नहुने भन्दै उनले यसले प्रतिगामी विरुद्ध नझुक्न पनि उनले आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्