Logo
Logo

पार्टी एकता तरकारीमा युरिया हालेजस्तो होइन- प्रम ओली


- दृष्टि न्युज/संवाददाता


धनगढी । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्माओलीले बाम एकता तरकारीमा युरिया हाले जस्तो नठान्न विपक्षी दलहरुलाई चेतावनी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम क्षेत्रीय कमिटीद्वारा बुधबार धनगढीमा सम्पन्न भएको प्रदेश स्तरीय बिशेष कार्यकर्ता भेलालाई सम्बिोधन गर्दै प्रधामन्त्री ओलीले यस्तो बताउनु भएको हो ।,
उहाँले भन्नु भयो–विपक्षीले भने जस्तो र कुप्रचार गरे जस्तो बाम एकता नभई दुई पार्टी बिच भएको धेरै लामो मेहनेत र संघर्षपछि मात्र सम्भव एकता सम्भव भएको हो ।
नेपाली कम्युनिष्ट पार्टी स्थापना पश्चात विभिन्न उतार चढावहरु आएको र तत्पश्चात कहिल्यै जुट्ने,कहिल्यै फुट्ने कार्यहरु प्रतिगमनकारीहरुको षडयन्त्र बाट भएको भएपनि अव नेपालको कम्युनिष्ट पार्टी फुट र गुटबाट पाठ सिक्दै समृद्व नेपालर सुखी नेपालीको चाहना पुरा गर्नका लागि भएपनि एकताबद्व भएर अघि बढ्ने बताउनु भएको छ ।
आजको अवस्थामा आइ पुग्दा नेपाली कम्युनिष्ट आन्दोलनकै ईतिहास र स्वरुपलाई बदलिने गरी भएका एकतालाई बिपक्षीले जस्तो सुकै भेद गरेता पनि अव हामी सबै तीं षडयन्त्रबाट सचेत रहँदै समृद्ध नेपालको चाहनालाई पुरा गर्ने दिसामा अविचलित रुपले लागि पर्ने पनि प्रधानमन्त्री ओलीले समेत बताउनु भएको छ ।
संघीय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्दै ततपश्चात सम्पन्न भएका स्थानीय , संघ र प्रदेशका निर्वाचनले बाम शक्तिलाई दुई तिहाईको बहुमतमा पुगाएको अवस्थालाई अव यो सरकारले यस्तो अवसरलाई भरपुर रुपले उपयोग गर्दै जाने बताउनु भएको छ ।
उहाँले नेपालमा पानी जहाज,पूर्वपश्चिम रेल, मध्यपहाडी लोकमार्ग, जलबिद्युतमा लगानी, साक्षरता अभियान लगायतका लोककल्याणकारी गतिविधिहरुलाई कार्यान्वयनको चरमा लगि सकेको समेत प्रधामन्त्री ओलीले बताउनु भएको छ ।
उहाँले सुदूरपश्चिम सम्भावनाको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागि सकारले कुनै कसर बाँकी नराख्ने समेत उहाँले बताउनु भएको छ । सहजपुर विपीनगर सडकको सिलान्यास देखि लिएर यस क्षेत्रका अन्य विकास निर्माणका पूर्वाधारहरुको संस्थागत विकासका लागि सरकार लागि परेको , गेटा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्ने र सुदूरपश्चिमका सबै विमानस्थलहहरुलाई धनगढी सम्म जोडेर विकासको मूल प्रवाहमा सुदूरपश्चिमलाई समेटेर लैजानेमा सरकारले प्राथामिकताका साथ कार्यहरु अगाडी बढाउने आश्वासन प्रधानमन्त्री ओलीले सो अवसरमा दिनु भएको छ ।
सो भेलालाई सम्बोधन गर्दै कार्यक्रमका बिशिष्ठ अतिथी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशले नेपाली कम्युनिष्ट आन्दोलनका लागि असामान्य योगदान दिएको उल्लेख गर्दै अवको विकास सुदूरपश्चिमबाटै शुरुवात गरिनु पर्नेमा आफु सहमत रहेको धारणा व्यक्त गर्नु भएको छ ।
अध्यक्ष ओलीले भन्नु भयो— सुदूरपश्चिम क्षेत्र विगत लामो समयदेखि केन्द्रिय राज्य सत्ताबाट उपेक्षामा परेकोले अवको विकास पूर्व बाट नभएर सुदू्रपश्चिमबाट हुनु पर्नेमा आफु सहमत रहेको समेत बताउनु भएको छ ।

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि बिलम्ब भएतापनि कार्यकर्ताहरुको मनोबल र उत्साहलाई मध्यनजर गर्दै एकता प्रकृयालाई चाँडो भन्दा चाँडो टुङ्ग्याउने तर्फ पार्टीका नेताहरुबिच सहमति कायम गरेर अघि बढ्ने धारणा व्यक्त गर्नु भएको छ ।
नेपालमा बाम एकता विना राष्ट्रियता खतरामा पर्ने महशुस गरेरै नेकपाको एकता सम्भव भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नु भयो— नेकपाको एकता सार्थक एकतामा परिणत भएरै छाड्ने बताउनु भएको छ ।
नेकपाको एकताबाट विपक्षीहरु अत्तालिएको उल्लेख गर्दै सार्थक एकता आजको आवश्यकता भएकाले तत्लो तहसम्म एकता प्रकृयालाई सार्थक बनाउनका लागि व्यापक पहल भैरहेको समेत अध्यक्ष दाहालले बताउनु भएको छ ।
सो भेलालाई सम्बोधन गर्दै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले नेपालमा कम्युनिष्ट सरकार क्रियाशिल रहेको अवस्थामा सरकारले लोकतन्त्रको मूल्य र मान्यतालाई सर्वहारा जनताको घर घर सम्म पुगाउने दिसामा पहल गर्न सुझाव दिनु भएको छ ।
नेपालमा बिद्यमान छाउपडी, बोक्सी लगायतका सबै खालका बिसंगति ,विकृतिको अन्त्यका लागि सरकारले प्रभावकारी कदमहरु चाल्नु पर्ने बेलाआईसकेको समेत बष्ठि नेता माधव कुमार नेपालले बताउनु भएको छ ।
उहाँले भन्नु भयो बिगतमा कम्युनिष्ट सरकारले जनताको पक्षमा कामहरु गरेकोले अवको सरकारले त्यसलाई झन प्रभावकारी कार्यक्रमहरु ल्याएर नेकपा पार्टीलाई जनतामाझ स्थापित गर्ने क्रियाशिल हुनु पर्ने सुझाव दिनु भएको छ ।
उहाँले नेपालको समृद्धि,विकासका लागि कृषि, जलस्रोत, र पर्यटनको क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले तयार गर्नु पर्ने बेला आएको बताउनु भएको छ ।
कार्यक्रममा पार्टीका महासचिव बिष्णु पौडेलले पार्टी केन्द्रमा एकता भैसक्दा पनि तल्ला कमिटीहरु किन एकिकरण हुन सकेनन् भन्ने बिषयमा नेता कार्यकर्तामा उत्सुकता र शंका उत्पन्न भएको अवस्थामा एकता र समायोजन प्रकृयालाई सार्थक बनाउनका लागिनै बिलम्ब भएको बताउनु भएको छ ।
पार्टी एकतालाई प्रभावकारी र मजवुत बनाउनका लागि केहि समय लागेको भएपनि त्यो एकता बलियो हुने भएकाले नेता कार्यकर्ताहरुले अवको केहि दिनभित्रै पार्टी एकिकरण भएको हेर्न पाउने समेत महासचिव पौडेलले बताउनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थाई समिति सदस्य एवं सुदुूरपश्चिम ईन्चार्ज भीम बहादुर रावलले सुदूरपश्चिमका विकासका सम्भावनालाई सरकारले तत्काल सम्बोधन गर्नु पर्ने बताउनु भएको छ । पश्चिम सेती, मध्यपहाडी लोकमार्ग,गेटा विमानस्थल,माथिल्लो कर्णाली लगायतका राष्ट्रिय महत्वका योजनाहरुलाई आगामी आर्थिक बर्षमा प्रयाप्त बजेटको व्यवस्था हुनेगरी कार्यान्वयनको दिसा तर्फ अगाडी बढाउका लागि नेकपाको सरकारलाई सुदूरपश्चिमेली जनताको तर्फबाट जोडदार माग गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै स्थाई समितिका सदस्य लेखराज भटट्ले तत्लो तहसम्म पार्टी एकतालाई बलियो बनाउने दिसामा पार्टी नेतृत्वले बिलम्ब गर्न नहुने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम अध्यक्ष एवं पोलिटव्यूरो सदस्य कर्ण थापाको अध्यक्षतामा सम्पन्न भएको भेलाको सञ्चालन प्रदेश सचिव सिंहराजले गर्नु भएको थियो भने स्वागत मन्तव्य उद्योग,पर्यटन तथा वन वातावरण मन्त्री माया भटट्ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्