Logo
Logo

समुद्री तटमा रुकमान र नेहाको रोमान्स (भिडियोसहित)


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र मोडल तथा गायक रुकमान लिम्बूको स्वरमा ‘धेरै माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा आफूलाई मनपर्ने प्रेमिकाप्रति कतिसम्म समर्पित गर्न सकिन्छ भन्ने भाव चित्रण गरिएको छ ।

हङकङको समुद्री तट तथा विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको यो भिडियो रुबुशा क्रियशनको अफिसियल यु–ट्युब च्यानल ‘रुबुशा च्यानल’मार्फत सोमबार सार्वजनिक गरिएको हो । यो भिडियोलाई पूर्णरुपमा फिल्मीशैलीमा निर्माण गरिएको छ ।

युगल पोमू लिम्बूले निर्देशन गरेको यस भिडियोमा गायक रुकमान लिम्बू, नेहा राई र हेमराज अन्छोङ्बो फिचरिङ छन् । कलाकारको अभिनयमा खोट लगाउने ठाउँ छैन । यो भिडियो हेरेपछि नेपाली म्युजिक भिडियो पनि स्तरिय बन्दोरहेछ भन्ने आभाष हुन्छ ।

भिडियोमा रुकमानले आफ्नी पे्रमिकाका लागि दृष्टिदान गरेका छन् । भिडियोलाई रोमान्टिक तवरले प्रस्तुत गरिएको भएपनि कथाले उठान गरेको विषय मर्मस्पर्शी छ । अहिलेको आधुनिक जमानामा पनि युवाहरु प्रेममा कतिसम्म समर्पित छन् भन्ने  भिडियोको सार हो । गीतको बोल ‘धेरै माया गर्छु’ भनेजस्तै रुकमानले प्रेमिकालाई आफ्नो आँखादान गरे आफूलाई भन्दा बढी माया दिएका छन् ।

गीतका डम्बर नेपालीको शब्द तथा संगीत रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको यस भिडियोलाई दर्शक तथा श्रोताले रुचाउने छन् भन्नेमा निर्माणपक्ष आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्