Logo
Logo

डिएसपीसहित सशस्त्र प्रहरीका दर्जन अधिकृत कारबाहीमा


दृष्टि संवाददाता


काठमाडौं, १९ फागुन ।
प्रदेश नम्बर २ मा कार्यरत सशस्त्र प्रहरीका एक दर्जन भन्दा धेरै अधिकृतहरु कारबाहीमा परेका छन् ।


दुई नम्बर प्रदेश छिन्नमस्ता बाहिनी स्रोतका अनुसार कारबाही पर्नेमा डिएसपी समेत छन् । डिएसपी योगराज दाहाललाई बाहिनीले नसियत दिएको छ । बोर्डर आउट पोस्ट सम्सिका सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपानेलाई कमान्डबाट फिर्ता गरेर नसिहत दिइएको छ । यस्तै,बारा स्थित बोर्डर आउट पोस्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक किरण केसिलाई पनि सख्त चेतावनी दिइएको छ । बाराकै बोर्डर आउट पोस्ट सुबर्णपुरका सशस्त्र प्रहरि निरीक्षक अशोक चालिसे पनि कारबाहीमा परेको बाहिनी स्रोत बताउँछ । यसै गरि घुमुवा खटाएर रकम असुल्ने महोत्तरी स्थित सुरक्षा बेश रामनगरका सशस्त्र प्रहरी निरीक्षक नन्द राज राइले सख्त चेतावनीको कारबाही भोगेका छन् । बिगतमा पनि काठ कान्डमा मुछिएका राईले मातहतसँगै पैसा माग्ने गर्दछन् ।

बिओपि खैरबनि महोत्तरी का सशस्त्र प्रहरी निरीक्षक सुजन गोलेले समेत नसिहतको कारबाहि पाइसकेका छन् । बाराको बिओपि गोलागंजका सशस्त्र प्रहरी नायब निरीक्षक अशोक यादब र सशस्त्र प्रहरि सहायक निरीक्षक अखिलेश यादबले क्रमश ग्रेड रोक्का र बढुवा रोक्काको कारबाही भएको छ ।
बाहिनीपति रहेका सशस्त्र प्रहरि नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले संगठनको हितविपरीत गतिविधिमा संलग्न कसैलाई नछाड्ने चेतावनी दिएका छन् । उनी बाहिनीमा गएपछि ५० भन्दा धेरै घुमुवालाई सम्बन्धित दरबन्दीमा पठाएका छन् ।

राजु अर्याल प्रदेश नम्बर २ मा बाहिनीपति हुँदा सुधार सुरु गरेका थिए । बीचमा सेटिङ चलेकोमा डिआइजी गौतमले फेरि ट्रायकमा ल्याएका छन् । बाहिनीले केही गणपतिहरुमाथि समेत निगरानी राखिरहेको स्रोत बताउँछ । जसकारण तस्करीमा संलग्न केही समूह डिआइजीविरुद्ध लागेका छन् ।

रासनमा अनियमितता गर्ने विभिन्न गण र गुल्मका डिएसपीमाथि पनि सशस्त्र मुख्यालयले छानबिन गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्