Logo
Logo

विप्लवसँगको वार्ता सहमतिनजिक, छिट्टै सुखद परिणाम आउँछ : गृहमन्त्री थापा


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासँगको वार्ता सहमतिनजिक पुगेको बताएका छन्।

सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका थापाले सामाजिक सञ्जालमार्फत पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको भन्दै उनले लेखेका छन्, ‘केही विषयमा छलफल जारी छ, छिट्टै परिणाम आउने अपेक्षा छ।’

उनले दोस्रो चरणको वार्ता कहिले र कहाँ हुने खुलाएका छैनन्। बुधबार विहान पहिलो चरणको वार्ता प्रधानमन्त्री निवास बालुवाटारमै भएको थियो । गृहमन्त्री थापाको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई सदस्य रहेका छन्।

विप्लव समूहको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड संयोजकत्वमा उदयबहादुर चलाउने दीपक सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्