Logo
Logo

दुई वर्षपछि विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, विप्लव भोलि सार्वजनिक हुने


दृष्टि संवाददाता


काठमाडौँ । सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गर्दै प्रतिबन्ध हटाएको हो ।

दुई दिनसम्म चलेको वार्तामा प्रतिबन्ध फुकुवा लगायत तीन बुँदामा सहमति भएको छ । चन्द समूहसँग सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने र राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा गर्ने सहमति भएको छ ।

सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले हस्ताक्षर गरेका छन् ।

सहमतिको विस्तृत विवरण भने फागुन २१ गते दिउँसो दुई बजे विशेष समारोहमा गरिने विज्ञप्तिमा जनाइएको छ । समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

सरकारले २०७५ फागुन २८ मा चन्द समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्