Logo
Logo

कांग्रेस प्रवक्ता शर्माकाे प्रश्न : राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोई ?


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र नेत्रविक्रम चन्द विप्लवबीचको सहमतिमा हतियार बुझाउने विषय समावेश नभएकोमा प्रश्न उठाएका छन् ।

उनले भनेका छन्, ‘प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोई ?’

शर्माले यसअघि पनि कम्युनिस्ट पार्टीहरुका विद्रोह र शान्ति वार्ताको सन्दर्भ निकाल्दै कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली नमारिने उद्घोष गर्नुपर्ने तर्क राखे ।

शर्माले यस प्रश्नको जवाफ सिंगो मुलुकले नै खोजिरहेको बताए । उनले अघि भनेका छन् ‘सहमतिलाई स्वागत । ०२८ मा केपी-सिपी, ०५२ मा प्रचण्ड-बाबुराम, अहिले विप्लव-प्रकाण्ड । `रेड बुक´, नाम र काम उस्तै, परिणाम उस्तै ! नेपालको पूरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न-कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000