Logo
Logo

धनगढीको फर्निचर शोरुममा आगलागी


दृष्टि संवाददाता


धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको बजारमा रहेको एक फर्निचर शोरुममा आगलागी भएको छ । शनिबार दिउँसो १२ बजेतिर धनगढी अत्तरीया सडकमा पर्ने शोरुममा आगलागी भएको हो ।
धनगढीको आयल निगमको मुख्य डिपानजिकै रहेको उक्त शो रुममा आगलागी भएकोले स्थानीयहरु त्रशित भएका छन् । आगलागीबाट लगभग २० मिटर टाढा सिटी अस्पताल छ । आगो नियन्त्रणमा अझै आएको छैन ।
धनगढी उपमहानगरपालिकाको वारुण नियन्त्रणले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । करिब १०० मिटर लामो शोरुमको पूरै खण्डमा आगो सल्किएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्