Logo
Logo

शताब्दीपुरुष जोशीबाट ‘अन्तर्मनका सुसेली’ सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौ । कवि तथा गीतकार डीपी दाहाल परिश्रमीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र म्युजिक भिडियो ‘क्षितिजपारी’ सार्वजनिक भएको छ ।
काठमाडौमा एक कार्यक्रमबिच पुस्तक र भिडियो एकसाथ सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शताब्दीपुरुष सत्यमोहन जोशी, बिशिष्ट अतिथि, वरिष्ट संगीतकार शम्भुजीत बास्कोटा लगायतले २ कृतिलाई सार्वजनिक गरेका थिए ।


२ कृति सार्वजनिक पछि प्रमुख अतिथि सत्यमोहन जोशीले कवि तथा गीतकार दाहाल लगायत भिडियोको टिमलाई बधाई दिए । म्युजिक भिडियोको तारिफ गर्दै जोशीले राम्रो भिडियो निर्देशन र कलाकारहरुको अभिनयले जिवनदान दिने काम भएको बताए । जोशीले पुस्तक ‘अन्तर्मनका सुसेली’को पनि तारिफ गर्दै यस पुस्तकको बारेमा लामो ब्यख्या गरेका थिए ।
त्यस्तै बिशिष्ट अतिथि शम्भुजीत बास्कोटाले पनि २ कृतिका लागी कवी तथा गीतकार डी पी दाहाल परिश्रमीलाई बधाई दिए । क्षितिजपारी गीतको म्युजिक भिडियो राम्रो लागेको बताउदै कलाकार र निर्देशकलाई बधाई दिए । म्युजिक भिडियोमा प्रस्तुत भएको ड्रामाले अझ राम्रो बनेको बास्कोटाले बताए ।
कार्यक्रममा कवि तथा गीतकार डी पी दाहाल परिश्रमीले आफ्नो धेरै पेषा भएपनि गीत, संगीत बिधाले आफुलाई जागाइरने र बचाइरहने काम गरेको बताए । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि लागायतलाई सम्मानपनि गरिएको थियो ।
चर्चित गायक प्रताप दास र चर्चित गायिका रचना रिमालले गाएको ‘क्षितिजपारी’ बोलको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । गीतमा डी पी दाहालको शब्द रहेको छ । यस म्युजिक भिडियो उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका छन् । चर्चित मोडल सुधिर श्रेष्ठ र मोडल अशु न्यौपानेले अभिनय गरेको म्युजिक भिडियामा कामको तारिफ धेरै पाएका छन् । निकै अब्बल अभिनय र निर्देशनले गीतको म्युजिक भिडियो फिल्मी शैलीमा प्रस्तुत गरिएको छ ।
यस भिडियोलाई चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र हुमागाई शर्माले खिचेका छन्, भने अमृत चापागाईले सम्पादन गरेका छन् । यो गीत डिलाइटेड युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्