Logo
Logo

सक्रिय बने विप्लव : मोहन वैद्य, आहुति र ऋषि कट्टेललाई भेटे


दृष्टि संवाददाता


काठमाठौं । सरकारसँग सहमति भएपछि खुला भएका नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक सक्रियता बढाएका छन् । सरकारसँग तीन बुदेँ सहमति गरेको भोलिपल्ट शनिबार बिहानै विप्लवले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेट गरेका थिए ।

गृहमन्त्रीसँग कार्यकर्ता रिहाइबारे कुरागरेपछि विप्लव नख्खु कारागारमा रहेका नेता हेमन्तप्रकाश वलीलाई भेट्न पुगे ।

यही सिलसिलामा विप्लवले आफ्ना राजनीतिक गुरु मोहन वैद्य ‘किरण’सँग पनि भेटघाट गरेका छन् । शनिबार चार कम्युनिष्ट पार्टीले गरको संयुक्त रणनैतिक मोर्चाको बैठक बसेकाे हाे।

बैकठमा विप्लवसँगै क्रान्तिकारी माओवादीमा महासचिव मोहान वैद्य, नेकपमा अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादीका क्रान्तिकारी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’सहित मोर्चामा आवद्ध नेताहरु सहभागि भएका थिए ।

नेकपा क्रान्तिकारी माओवादीको नेन्द्रीय कार्यलय कुपण्डोलमा भएको बैठकमा समसाकि राजनीतिक विषयमा छालफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्