Logo
Logo

प्रदेश सांसद ओलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेश सांसद सदस्य उत्तरकुमार ओलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालीन नेकपा (एमाले)को तर्फबाट वहाँ विजयी हुनुभएको थियो । केही दिनअघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद ओलीको ३७ बर्षको उमेरमा आज बिहान निधन भएको हो । वहाँको पार्थीव शरीरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्