Logo
Logo

एमालकै हैसियतमा सदनमा : महेश बस्नेत


दृष्टि संवाददाता


काठमाडौं । सांसद महेश बस्नेतले आफूहरु संसद बैठकमा नेकपा (एमाले)कै हैसियतमा उपस्थित भएको जनाकारी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै उनले फोटोसहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले)को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ ।’
सर्वोच्च अदालतले आइतबार नेकपा नामबारे विवादमा ऋषि कट्टेल नेतृत्वको पार्टीलाई आधिकारिकता दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता पनि खारेज भएको छ ।
सर्वोच्चले नेकपा एमाले र माओवादीबीच एकता नै नभएको ठहर गरेको छ । सर्वोच्चको फैसलाअनुसार मुद्दा हारेको केपी ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई सर्वोच्चले पूर्ववतः अवस्थामा कायम हुन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्