काठमाडाैं । नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठककाे कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।
सभामुखले भने बैठक सञ्चालन गरिरहेका छन् । नेता भीम रावलले सर्वोच्चको पछिल्लो फैसलापछि सरकारको अवस्था स्पष्ट नभएको भन्दै अन्य कार्यसूची राखेको प्रति नियमापत्ति जनाएका थिए । सभामुख अग्नि सापकोटाले रावलको विमत्ति दर्ज भएको भन्दै आफूले बैठक अघि बढाएका हुन् ।












