Logo
Logo

प्रतिनिधिसभा बैठकमा कांग्रेसद्धारा नाराबाजी


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट अध्यादेश पेश भएपछि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले नाराबाजी गर्दै सिरोध गरेका छन् ।

सांसदहरूले असंवैधानिक संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेका छन्।  कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले रोस्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।

कांग्रेस सचेतक बालकृष्ण खाँणले असंवैधानिक अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन् ।उक्त मागमा जसपाले पनि समर्थन गर्दै नाराबाजी गरेको छ।

प्रतिक्रिया दिनुहोस्