Logo
Logo

जेसुकै भएपनि ओली सरकारको आयु सिद्धियो : माधव नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले जेसुकै भएपनि केपी शर्मा ओली नेतृत्वको सकरारको आयु सिद्धिएको टिप्पणी गरेका छन् । आइतबार संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारप्रति टिप्पणी गरेका हुन् ।

‘अब जेसुकै भएपनि यो सरकारको आयु सकियो’, उनले भने ‘पूर्व माओवादीले समर्थन फिर्ता लियो भने पनि टिक्ने आधार रहेन, यो संविधानको धारा ७६ (१) अनुसारको सरकारै भएन। त्यसो भएकाले प्रधानमन्त्रीले बस्ने कुनै आधार छैन ।’

उनले आफूहरूले नेपाल कम्यनिष्ट पार्टी (नेकपा) बनाएको र चलाएको पनि बताए । उनले भने, ‘नेपाल कम्यनिष्ट पार्टी बनाउने हामी, चालाउने हामी, यसको अध्यक्षको जिम्मेवारी लिएको मैले, केपी ओलीले खोस्छु भनेर खोसिन्छ ?

उनले अदालतको फैसलाको विषयमा आफूहरुले छलफल गर्ने बताए।

 

 

 

प्रतिक्रिया दिनुहोस्