Logo
Logo

माधव नेपाल समूह छलफलमा


दृष्टि संवाददाता

6.9k
Shares

काठमाडौं । एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् । एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुनेछ ।

सर्वोच्च अदालतले गरेको फैसलाका सम्बन्धमा थप छलफल गर्न प्रचण्ड-माधव समूह साेमबार दिउँसाे तीन बजे पछि बैठक बस्दै छ ।

सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि उत्पन्न पछिल्लो राजनीति झनै पेचिलो बनेको हाे ।

प्रतिक्रिया दिनुहोस्