Logo
Logo

पेरिसडाँडामा मा‌ओवादी केन्द्रको स्थायी समिति बैठक


दृष्टि संवाददाता


काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यलय पेरिसडाँडामा बैठक सुरु भएको माओवादी केन्द्रले जनाएको छ । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बसेको हो। बैठकमा माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा आगामी राजनीतिक परिस्थित र सत्ता समिकरणबारे छलफल हुने जनाइएको छ।

सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन् । सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको हो।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्