काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटनको निर्णय राजपत्रमा छापिएको छ । सर्वोच्च अदालतले गत आइतबार ओली–प्रचण्डको नेकपालाई खारेज गरेको थियो ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदनमा फैसला गर्दै नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो ।
सर्वोच्चको उक्त फैसलापछि मंगलबार बसेको निर्वाचन आयोगले साबिकको दलमा फर्किएको एमाले र माओवादी केन्द्र कायम रहेको व्यहोराको जानकारी ती दलका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई गराउने निर्णय गरेको छ ।
त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पएकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।












