Logo
Logo

रानी बुटिक सबै वर्गका ग्राहकका लागि हो : फेसन डिजाइनर प्रविना


दृष्टि संवाददाता


पछिल्लो समय सहरमा बुटिकहरु धमाधम खुल्न थालेका छन् । आम मानिसमा फेसनप्रति चासो र रुचि बढ्दै गएपछि बुटिकहरु फस्टाइरहेको छ । यस्तै केही महिनाअघि मात्र फेसन डिजाइनर प्रविना केसीले कुपण्डोलमा ‘रानी बुटिक’ सञ्चालनमा ल्याएकी छन् । बुटिक सञ्चालनमा ल्याएसँगै फेसन डिजाइनर बन्ने सानैदेखिको सपना साकार भएको प्रविनाको भनाइ छ । आईआईएफटीमा फेसन डिजाइनिङमा कोर्ष पूरा गरेर बुटिक सञ्चालनमा ल्याएकी प्रविनाले अहिले फेसन पारखीहरुको चाहना र रुचि पूरा गर्दै आएकी छन् । उनी भन्छिन्, ‘रानी बुटिक आम मानिसका लागि हो । बुटिकको पहिरन भन्नेवित्तिकै महँगो हुन्छ भन्ने मानसिकता बसेको छ । त्यो रानी बुटिकले हटाउन चाहन्छ ।’ म्युजिक भिडियो, फिल्म र मोडलिङका आवश्यकताअनुसार भाडामा समेत पहिरन उपलब्ध गराउने सोच रहेको बुटिक सञ्चालक तथा डिजाइरन प्रविनाले बताइन् । फेसन डिजाइनर प्रविनासँगको कुराकानी ।

बुटिक सञ्चालनमा ल्याउनुभएको कति भयो ?

– भर्खरै सञ्चालनमा ल्याएकी हुँ । तीन महिनामात्र हुँदैछ । बुटिक खोल्ने इच्छा त पहिलेबाटै थियो । तर, बल्ल कोर्ष सकेर बुटिक खोलेकी हुँ ।
बुटिकको नाम ‘रानी’ कसरी जुर्यो ?
– यो बुटिक खोल्ने सोच बनाएपछि नाम के राख्ने भन्ने भयो । ग्राहकलाई नाम उच्चारण गर्दा सजिलो हुने नाम सोच्दासोच्दै रानी जुरेको छ । हिजोआज प्राय बुटिकको नाम अप्ठ्यारो राख्ने गरेको पाइन्छ । रानी उच्चारण गर्नु सजिलो हुने भएकाले राखेकी हुँ ।

जताततै बुटिक छन् । बुटिकहरुको व्यवसायी कस्तो छ ?
– अहिलेको समयमा बुटिक व्यवसायी राम्रो छ । हिजोआज मानिसहरु डिजाइन गरिएका पहिरन रुचाउँछन् । पाटी वेयरमात्र नभएर दैनिक प्रयोगमा आउने क्याजुअल पहिरनहरु पनि डिजाइन गरिएको खोजिन थालिएको छ । त्यसैले पनि बुटिक व्यवसायी फस्टाएको छ ।

रानी बुटिकको मुख्य आर्कषण के हो ?
– रानी बुटिकको विशेषता र महत्व भनेको सुलभ र सहज हो । बुटिक भएपनि यहाँ त्यति महँगो छैन । र, अर्डर गरिएका पहिरन समयमै हामी उपलब्ध राउँछौँ ।

रानी बुटिकले यो समरलाई कस्तो पहिरन ल्याउँदैछ ?
– रानी बुटिकले यो समरलाई पोट्री वेयर, डिजाइनर ड्रेसका साथ साथै क्याजुअल वेयर, टि–शर्ट, टप्सलगायत सबै किसिमका पहिरनहरु तयार गरेका छौँ । आजभोली डिजाइनर टप्सहरुको माग राम्रो छ ।

तपाइँको बुझाइमा फेसश के हो ?
– फेसन भनेको आर्कषण हो । जुन पहिरनले व्यक्तित्व झल्काउँछ, सुहाउँछ, त्यो नै फेसन हो । अर्को कुरा फेसनको ट्रेण्ड हुन्छ । जस्तै, समर र विन्टरका लागि फरक फरक ट्रेण्ड आउँछ । एक किसिमले भन्ने हो भने समयलाई पछ्याउनु सक्नु नै फेसन हो ।

पछिल्लो सयम फेसन व्यवसायी फस्टाएको छ । कारण के हुनसक्छ ?
– पछिल्लो समय मानिसहरुले फेसनलाई सहि अर्थले बुझ्न थाले । पहिले मानिसहरुलाई लाथ्यो कि फेसन गर्नु राम्रो होइन । तर, विस्तारै सबै वर्ग र लिंगका मानिसहरुमा फेसनको चेतना बढ्दै गएको छ । समाज आधुनिकतातिर अगाडि बढेसँगै मानिसहरु पनि फेसन कन्सस बन्न थालेका छन् । फेसनको बजार फस्टाउँदै जानुका कारण यही हो ।

बुटिकको पहिरन किन महँगो हुन्छ ?
– बुटिकमा धेरैजसो पाटी वेयर मात्र बन्ने भएकाले महँगो भएको हुनसक्छ । यस्तो किसिमका पहिरन त जतापनि साधारणभन्दा केही महँगो हुन्छ । अर्को कुरा बुटिकमा आफैँले चाहेको कलर र आफ्नै शरीरमा नापेर बनाइएको हुन्छ । त्यसैले पनि केही महँगो पर्न जान्छ । मानिसको मनमै बसेको हुन्छ कि बुटिकका पहिरन महँगो हुन्छ । तर, अहिले यस्ता किसिमका मानसिकतालाई हटाउन सबै किसिमका परिहनहरु तयार गर्दैछौँ । बुटिकमा तयार पारिएका क्याजुअल पहिरनहरु पेन्सीमा भन्दा फरक छैन ।

बुटिकको पहिरन सर्वसाधारणको पहुँचसम्म पुर्याउन के गर्नुपर्छ ?
– बुटिकको पहिरन सर्वसाधारणको पहुँचमा पुर्याउन अघि माथि भनेजस्तै सबै प्रकारका कपडाहरु राखेर ग्राहकको रोजाई र चाहनाअनुसार पहिरन तयार गर्नुपर्छ । रानी बुटिकको उद्देश्य पनि यही हो । जबकि कोही ग्राहक आएपछि खाली फर्कन नपरोस् ।

यो बुटिकमा एउटा लेहेँगा न्युनतम कतिसम्ममा तयार हुन्छ ?
– यो चाहिँ हामीले ग्राहकको डिमाण्डअनुसार गर्ने गरेका छौँ । महँगो र यस्तो भनेको आफ्ना डिमाण्डमा भर हुने कुरा हो ।

बजार प्रचारमूखी छ । यो अवस्थामा रानी बुटिकलाई कसरी अगाडि बढाउने सोच बनाउनुभएको छ ?
– हामीले रानी बुटिकको प्रचार शोसियल मिडिया अर्थात टिकटक, फेसबुक, इन्स्टालगायतमा गरिरहेका छौँ । अब अनलाइन प्रविधिबाट पनि प्रचार गर्ने सोच छ । अनलाइन बिक्री पनि गर्ने हो ।

 

प्रतिक्रिया दिनुहोस्