Logo
Logo

अमलेखगञ्जस्थित निगमपरिसरमा प्रभुको एक्स्टेन्सन काउण्टर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा प्रभु बैंकको वीरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ । गत बिहीबार फागुन ९ गतेदेखि नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदीपकुमार यादवले एक समारोहबीच बैंकको एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका छन् ।

एक्स्टेन्सन काउण्टर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि यादवले आप्mनो मन्तव्यका क्रमममा पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए । उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको इन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए । साथै, अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट निगमको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएकोले सम्पुर्ण पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज हुने जानकारी गराए ।
गत बिहीबारदेखि सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित इन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आप्mनै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा सहजरुपमा उपभोग गर्न सक्नेछन् । बैंकको अमलेखगञ्जस्थित एक्स्टेन्सन काउण्टर कार्यालयबाट विशेष गरी पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी, स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत शेरचनले बताए ।

प्रतिक्रिया दिनुहोस्